५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगर हिरासतको भित्ता फोरेर ६ कैदि फरार



अ+ अ-

जनकपूरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरु फरार भएका छन् ।

आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार मुद्दा, २ जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाको रहेको बताउनु भयो ।

प्रहरीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् । हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

फरार आरोपीहरको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।