२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगर हिरासतको भित्ता फोरेर ६ कैदि फरार



अ+ अ-

जनकपूरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरु फरार भएका छन् ।

आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार मुद्दा, २ जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाको रहेको बताउनु भयो ।

प्रहरीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् । हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

फरार आरोपीहरको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।