२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट हुने



अ+ अ-

काठमाडौँ । पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ ।

ललितपुर टेबल टेनिस क्लवले आईतवार पत्रकार सम्मेलन गरेर पाँचौं सम्झाना कप टेबल टेनिस प्रतियोगिता माघ १७ देखि २१ सम्म आयोजना हुने जनाएको हो । प्रतियोगितामा विभिन्न देशका खेलाडीले समेत सहभागिता जनाउने आयोजकले जानकारी दियो । आयोजकका अनुसार प्रतियोगितामा नेपाली खेलाडीका अलावा भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक/एक खेलाडीले भाग लिनेछन् ।

पाँच दिनसम्म चल्ने प्रयितोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान (४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्ष माथि) र मेन्स भेट्रान सिंगल (५५ वर्ष माथि) गरी कुल सात विधामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ कुल २ सय तथा महिलातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा मेन्स सिंगल तथा वुमन्स सिंगलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स टिम तथा वुमेन्स टिमतर्फको विजयीले पनि यही पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यसैगरी भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइन्लबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

मुख्य प्रायोजकका रुपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. रहेको प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको अधिकारिक बिक्रेता चाइना ट्रेड लिंक लि निङले गर्नेछ । चाइना ट्रेड लिंकको लि निङले पनि प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कारको व्यवस्था गरेको छ ।

आईतवार एक कार्यक्रममाझ चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजेन महर्जन र क्लवका अध्यक्ष उर्दीप जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।