२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको बेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्याइएको छ ।

आईतवार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो । यसअघि नेपालको म्याग्दीको गलेश्वरधाम लगायतका धार्मिक स्थानहरुमा लगेर पूजा, अर्चना गरिएको थियो । देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्याका पुर्याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहीतले बताउनु भयो ।

भारत पठाउनका लागि पाँच वटा शिला पहिचान गरिएकोमा दुई वटा शिला पठाउन लागिएको हो । भारत पठाउनु अघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन् । भारत पठाउन लागिएका शिलाहरुको पूजा, आराधनाका लागि यतिबेला जनकपुर धाममा भक्तजनहरुको भीड रहेको छ । जनकपुरधाम वासीहरु शिलाको पूजाका लागि उपस्थित भइ रमाइलो गरिरहेका छन् ।

नेपालबाट शिला भारत लग्न लागेकाले आफूहरु खुशी भएको जनकपुरधामवासीहरु बताउँछन् । यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरुको विश्वास छ । शिला बुधवारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ ।

शिला कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो ।