९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरबाट विदेशी ब्राण्डको नक्कली मदिरा बरामत, तीन जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामत गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने कारखानाबाट मदिरा बरामत गरेको हो ।

प्रहरीले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न विदेशी ब्राण्डको नक्कली मदिरा बनाउन कारखानामा संग्लन ३ जनालाई पक्राउ समेत गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामत गरेको बताउनु भयो ।

उहाँले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको बताउनु भयो । उहाँले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको जानकारी दिनुभयो । उहाँले कारखाना खोल्ने र मदिरा बनाउन संग्लनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

उहाँले मदिरा बनाउन संग्लन दोलखा स्थायी घर भएका निरोज उप्रेती,स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगरलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको बताउनु भयो ।

डा. केसीले नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरेको बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन उक्त नक्कली मदिराहरु बनाउने तथा कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने बताउनु भयो ।