२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई आजै पार्टी सभापति घोषणा गर्ने रास्वपाको तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने भएको छ ।

रास्वपाले रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे केन्द्रिय समितिको बैठक बोलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै रविलाई पुनः पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको प्रवक्ता मुकुल ढकालले बताए ।

शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

रवि अहिले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

सभापति गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र संसदीय दलको नेता छानेको थियो ।