२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक



अ+ अ-

मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ ।

जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हँुदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताउनुभयो ।

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्घ हुने गरेकामा चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो । रासस