२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अष्ट्रेलियाको एडिलेडमा नेपथ्यकाे भब्य कन्सर्ट

अष्ट्रेलियाको एडिलेडमा  नेपथ्यकाे भब्य कन्सर्ट
अ अ+ अ-

एडिलेड । अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो ।

त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरु नाचेको गजबको दृश्य देखिन थाल्यो । आफुहरु बस्दै आएको सहरको त्यस ‘हिण्डले म्यूजिक हल’मा यति भब्यताका साथ नेपाली कार्यक्रम हुनेछ भनेर एडिलेडका नेपालीहरुले सायदै कल्पना गरेका थिए । अघिल्लोपटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीका अनुसार यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बन्नपुगेको छ । एडिलेड सहरमा चौथोपटक प्रस्तुत नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो ।

कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो । काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरुलाई उनीहरुको पुरानो यादसँग जोडेको देखिन्थ्यो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ गाएर सुनाइएको थियो । कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड सहर अष्ट्रेलियाकै अरु ठूला सहरहरु भन्दा बेग्लै छ ।

अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभइ व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो । सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको यो सहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरुको संख्यामा तीब्र वृद्धि हुँदै गइरहेको छ । त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरुको संख्या पनि यहाँ थपिन पुगेको छ ।

कार्यक्रम अघि बढ्दै जाँदा गायक अमृतले ‘चरि म-यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको गीत ‘नैनाताल’ सुनाउँदै गए । यतिबेला दक्षिणी गोलाद्र्धमा उखरमाउलो गर्मी महिना चलिरहेको छ । यस्तोमा नेपथ्यलेनेपाली लोकरक घन्काउन थालेदेखि नै वातानुकुलित हलको तापक्रम पनि बाहिरकै जस्तो  निम्ति विश्वमै प्रसिद्ध भिनयार्डहरु समेटेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो ।

शनिबार कन्सर्ट हेर्नआउने दर्शकहरु मध्ये ‘माउण्ट कम्पास वाइन कम्पनी’का मालिक जोडी जो र जोरिका पनि थिए । पचास किलोमिटरको यात्रा गरेर आइपुगेको यो जोडी सुरुदेखि अन्त्यसम्मै हलमा रमाएका देखिन्थे । ‘तपाइहरुले गाएको भाषा त बुझेनौं,’ उनीहरु भनिरहेका थिए, ‘तर, हलमा भएका नेपाली दर्शकहरु असाध्यै रमाइरहेको र गायकले भनेको कुरालाई असाध्यै गम्भीरताका साथ लिइरहेको देख्दा हामीलाई पनि कतै न कतैबाट जोडिएको अनुभूति भइरह्यो ।’ यसरी रमाउने अष्ट्रेलियनमा ती दुइ जोडी मात्र नभएर आयोजनास्थल ‘हिण्डले म्यूजिक हल’की व्यवस्थापक अन्या पनि थिइन् ।

‘गायकमा भएको उर्जा हलभरिका दर्शकहरुमा रोचक तवरले प्रसारित भइरहेको देखिन्थ्यो,’ उनीभनिरहेकी थिइन्, ‘मलाई त्यो दृश्य असाध्यै मनप-यो।’ आफ्नो कर्मचारीहरुबाट पनि
उत्साहजनक प्रतिक्रिया पाएको उनले बताइन् । यहाँको कार्यक्रममा पनि ‘यो जिन्दगानी’ प्रस्तुत गरिरहँदा मानवसेवा आश्रममा उद्धार गरिएका आश्रितहरुको तस्बिर देखाइएको थियो । ब्याण्डले यो वर्षभरि नै आफूलाई ‘मानवताको लागिसंगीत’ नाराका साथ प्रस्तुत गर्ने संकल्प लिएको छ । मञ्चबाट जस्तोसुकै मुडको गीत गाइरहँदा पनि तल दर्शकहरु साथमा साथ मिलाएर गाइरहेका देखिन्थे ।

अमृतले लोकगीतहरुको श्रृंखलावद्ध प्रस्तुती दिइरहँदा नेपालका कुना कन्दरा घुम्दै लोकगीतसंकलनका आफ्ना अनुभवहरु पनि दर्शकसँग साटेका थिए । ‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ स्थानीय आयोजक गगन गिरी भनिरहेका थिए, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो ।’ कार्यक्रम सँधैजस्तै अन्तिम लहरमा ‘रेशम’ बाट ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’मा पुगेर अन्त्य भएको थियो ।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘जहाँ बसे पनि नेपाल र
नेपालीलाई माया गर्न नछोड्नुस् है ।’ अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई जता बसेता पनि मानवताको भावना मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए । रातको ठीक नौ बजे सुरुभएको कन्सर्ट दुइ घन्टासम्म चलेको थियो ।

अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ । ब्रिसबेनपछि फेब्रुअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फिर्नेछ ।

तस्बिरहरु: तेज वानेम र नेपालय