• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्



file

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने टिममा समावेश गरिएको छैन । त्रिकोणात्मक सिरिज फेब्रुअरी १४ देखि २१ सम्म कीर्तिपुरमा हुनेछ ।