• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई

नेप्से परिसूचक झिनो अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर रू दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी रु सात करोड ३८ लाख ६८ हजार आठ सय ९४,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी रु छ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्योज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलब २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलब ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलब ५०, ग्रीन भेञ्चर्स चार दशमलब ५०, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलब ६४ प्रतिशतले गुमाएका छन् । रासस