५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्छ: आयुक्त थपलिया(भिडियोसहित)



अ+ अ-

काठमाडाै । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनि प्रश्न समेत गर्नु भयो । उहाँले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गर्नु भयो । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उहाँको भनाई थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘मलाई प्रेस काउन्सिल नेपालप्रति चाँही एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन ग¥यौं । प्रतिवेदनमा नाईटी प्रतिशत कुरा यिनै होलान । हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नु पर्छ अनाधिकृत रुपमा प्रकाशित, प्रसारित हुने विषय त हामी के गर्न सकौला र । आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनसाथ स्वतहः प्रेस काउन्सिल नेपालको त्यो सफटवेयरमा स्वतहः आउने व्यवस्था हुनु प¥यो । यो प्रणाली उहाँहरुले डेभलप्ड गरिसक्नु भएको छ भने त्यो हेर्नका निमित्त एउटा डेडिकेटेट टिम बनाईदिने वित्तिकै रेडियोले के भने, अनलाईनमा कहाँ आयो, छापा माध्याममा के आयो ? सामाजिक सञ्जालले के बोल्यो ? भन्ने आउँछ ।’

‘आम सञ्चारको कुरा गर्दैछौं । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामकै क्षेत्र हो मैले भन्यो भने आम सञ्चारको परिभाषा नबुझेको स्वाँठ भनेर तपाईहरुले मलाई भनिहाल्नु हुन्छ । वडा अप्ठ्यारो छ । तर मेरो् मेरो परिभाषा मलाई कसैले गर्न दिन्छ भने यदि कुनै पनि सूचना सम्प्रेषण गरेर कसैलाई सुसूचित गरउने माध्याम समाचार माध्यम हुने भने अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन । यीनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिनु भयो ।