२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले घनश्यामलाई महासचिव बनाउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भुसाललाई महासचिव बनाउने भएको छ । हालै मात्र पार्टी प्रवेश गर्नुभएका भुसाललाई पार्टीको महासचिवको जिम्मेबारी दिन लागिएको हो ।

हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाउन लागिएको बताइएको छ । यही माग २१ र २२ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकबाट यसको औपचारिक निर्णय गरिने पनि बताइएको छ ।

गत मंसिर ४ गतेको संसदीय निर्वाचनअघि नेकपा (एमाले) त्यागेर भुसालले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । गत पुस २९ गते उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

त्यस्तै नेता बामदेव गौतमलाई पनि एकीकृत समाजवादी पार्टीमा भित्र्याउने प्रयास भएको बताइएको छ । नेता गौतमले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग कुराकानी गर्नुभएको छ । पार्टीमा आए उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दिने बताइएको छ ।