१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले घनश्यामलाई महासचिव बनाउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भुसाललाई महासचिव बनाउने भएको छ । हालै मात्र पार्टी प्रवेश गर्नुभएका भुसाललाई पार्टीको महासचिवको जिम्मेबारी दिन लागिएको हो ।

हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाउन लागिएको बताइएको छ । यही माग २१ र २२ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकबाट यसको औपचारिक निर्णय गरिने पनि बताइएको छ ।

गत मंसिर ४ गतेको संसदीय निर्वाचनअघि नेकपा (एमाले) त्यागेर भुसालले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । गत पुस २९ गते उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

त्यस्तै नेता बामदेव गौतमलाई पनि एकीकृत समाजवादी पार्टीमा भित्र्याउने प्रयास भएको बताइएको छ । नेता गौतमले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग कुराकानी गर्नुभएको छ । पार्टीमा आए उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दिने बताइएको छ ।