• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   दोस्रो पटक विश्व कप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर ★   सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिकाः प्रधानमन्त्री ★   पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा ★   नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि



सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । रासस