८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो

श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको ३८ औँ खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले पराजित गरेको छ । सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएर नेदरल्यान्ड्सलाई २०२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा नेदरल्याण्ड १६.४ ओभरमा ११८ रनमा अलआउट भयो । श्रीलंका यस विश्वकपमा २०० रन बनाउने दोस्रो टोली बनेको छ । यसअघि १७औं खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध २०१ रन बनाएको थियो ।

यी दुई टोलीबाहेक अन्य कुनै टोलीले यो विश्वकपमा २०० रनको स्कोर छुन सकेका छैनन् ।

श्रीलंकाका लागि कुसल मेन्डिस र चरित असालान्काले ४६–४६ रनको इनिङ्स खेले । धनञ्जय डि सिल्भाले ३४ र एन्जेलो म्याथ्युजले अविजित ३० रन बनाए । अन्तिम इनिङ्समा कप्तान वानिन्दु हसरंगाले ६ बलमा अविजित २० रनको इनिङ खेले ।

नेदरल्याण्ड्सका लागि लोगान भान बेकले दुई विकेट लिए । टिम प्रिन्गल, भिभियन किङ्मा, पल भान मिकरेन र आर्यन दत्तले समान १–१ विकेट लिए ।

२०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ब्याट्सम्यानहरु ठूलो स्कोर बनाउन दबाबमा थिए । माइकल लेभिट र कप्तान स्कट एडवर्ड्सबाहेक अन्य कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । यी दुवै ब्याट्सम्यानले ३१–३१ रन बनाए । सिब्रान्ड एङ्गेलब्रेचले ११, म्याक्स ओडाउडले ११ र आर्यन दत्तले १० रन बनाए ।

यी बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाका बलरल नुवान तुषाराले ३ विकेट लिए । भानिन्दु हसरंगा र मथिश पथिरानाले २–२ विकेट लिए । महिष टिक्षाना र दासुन शनाकाले १–१ विकेट लिए ।

यस समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा प्रवेश गरेका छन् ।