२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको ३८ औँ खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले पराजित गरेको छ । सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएर नेदरल्यान्ड्सलाई २०२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा नेदरल्याण्ड १६.४ ओभरमा ११८ रनमा अलआउट भयो । श्रीलंका यस विश्वकपमा २०० रन बनाउने दोस्रो टोली बनेको छ । यसअघि १७औं खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध २०१ रन बनाएको थियो ।

यी दुई टोलीबाहेक अन्य कुनै टोलीले यो विश्वकपमा २०० रनको स्कोर छुन सकेका छैनन् ।

श्रीलंकाका लागि कुसल मेन्डिस र चरित असालान्काले ४६–४६ रनको इनिङ्स खेले । धनञ्जय डि सिल्भाले ३४ र एन्जेलो म्याथ्युजले अविजित ३० रन बनाए । अन्तिम इनिङ्समा कप्तान वानिन्दु हसरंगाले ६ बलमा अविजित २० रनको इनिङ खेले ।

नेदरल्याण्ड्सका लागि लोगान भान बेकले दुई विकेट लिए । टिम प्रिन्गल, भिभियन किङ्मा, पल भान मिकरेन र आर्यन दत्तले समान १–१ विकेट लिए ।

२०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ब्याट्सम्यानहरु ठूलो स्कोर बनाउन दबाबमा थिए । माइकल लेभिट र कप्तान स्कट एडवर्ड्सबाहेक अन्य कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । यी दुवै ब्याट्सम्यानले ३१–३१ रन बनाए । सिब्रान्ड एङ्गेलब्रेचले ११, म्याक्स ओडाउडले ११ र आर्यन दत्तले १० रन बनाए ।

यी बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाका बलरल नुवान तुषाराले ३ विकेट लिए । भानिन्दु हसरंगा र मथिश पथिरानाले २–२ विकेट लिए । महिष टिक्षाना र दासुन शनाकाले १–१ विकेट लिए ।

यस समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा प्रवेश गरेका छन् ।