२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको सपथग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । 

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा सपथ खुवाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

कांग्रेसबाट बालकृण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ  । 

यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाल मन्त्री बन्नुभएको छ । शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

विपक्षी गठबन्धनमा लागेर देउवालाई प्रधानमन्त्री बन्न सघाएका जसपा नेपालका उपेन्द्र यादव भने सरकारमा सहभागी भएको छैन । जसपाले साउन ७ गतेपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ ।