३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ ।

उहाँले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

आयोजना निरीक्षणपछि मन्त्री उप्रेती आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिनुभयो । काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहने छन् । करिब ७२ दशमलव छ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ ।