• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

स्वर्गीय आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने



काठमाडौँ । सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको विषयाम छलफल गर्दै त्यसको अध्ययन गरी छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको हो ।

गृहमन्त्रालयले छानविन गरेर आवश्यक कदम चाल्ने मन्त्री उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिए । छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने उनको भनाई छ ।

मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।