११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि
अ अ+ अ-

काठमाडौँ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो । कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने बताउनु भयो ।

उहाँले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताउनु भयो । महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ का कारण चौथो र ५ औं निफ कष्टपूर्ण जनजीवनका बीच गर्नुपरेको थियो । प्रतिष्पर्धामा आएका बाढीले भने हामीलाई उत्साहीत बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरी विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ । यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा गरिनेछ ।

क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । विगतमा झैँ महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइनेछ । चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुनेछ । यस्ता कार्यक्रमले नेपाली चलचित्रको आगामी मार्ग तयार गर्न भुमिका खेल्नेछ ।’

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।