१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा उद्यमी, सामाजिक/राजनीतिक अभियन्ता आचार्यको आत्मदाह राज्य संरचनात्मक हत्याः विवेकशील साझा



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले मंगलबार आत्मदाहको प्रयास गरि गम्भीर घाइते भएका विवेकशील साझा पार्टी इलामका पूर्व संयोजक प्रेम प्रसाद आचार्यको निधनले विवेकशील साझा पार्टी र समतामूलक संवृद्धि महाअभियानलाई स्तब्ध बनाएको जनाएको छ ।

विवेकशील साझा पार्टी महाधिवेशन आयोजक मुल समिति अध्यक्ष समीक्षा बास्कोटाले एक विज्ञप्ती जारी गर्दै आचार्यको आत्मदाहले मुलुकमा कुन हदसम्म विकृति, बेथिति, वितृष्णा र निराशा छ, गरिखान खोज्नेहरुलाई कसरि पाइलै पिच्छे निरुत्साहित गरिन्छ भन्ने कुरा उनले भोगेका र उठाएका निर्मम प्रश्नबाट प्रष्ट भएको उल्लेख गरेकी छन् ।

स्वदेशमै उद्यम व्यवसाय गरेर मुलुकको संवृद्धिको यात्रामा टेवा पुर्‍याउँछु भन्दै साना तथा मझौला उद्यमीले भोग्दै आएको समस्या, दलाल राज्य व्यवस्था र विकृत प्रणाली विरुद्ध स्वयं भुक्तभोगीको रूपमा पौठेजोरी खेलिरहेका उद्यमी आचार्यको आत्मदाह आम उद्यमी व्यवसायी र युवाको सपनाको जलन हो भन्ने सो पार्टीको ठम्याई छ ।

विज्ञप्तीमा भनिएको छ – ‘प्रेमलाई आत्महत्या गर्न राज्यले दुरुत्साहन गरेको हो यसको सम्पूर्ण जिम्मा लामो समयदेखि सधैँ सत्तामा बस्ने तर युवा, उद्यमी, पौरखी र स्वदेशमै केही गरौँ भन्ने आम नागरिकहरूका विरुद्ध दलाल, बिचौलिया, सुदखोर र घुसखोर संरक्षण गर्ने दल र तिनका नेताहरू हुन भन्ने कुरा छर्लङ्गै छ ।’

यस्तै, विवेकशील साझाले स्वर्गीय आचार्यको सम्मानमा बिहीबार १ दिन पार्टीको झण्डा आधा झुकाउने र उनले उठाएका २५ बुँदे सुझावलाई आगामी महाधिवेशनमा नीतिगत छलफल सेसनमा जोडदार रूपमा उठान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।