२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

भाउजूको हत्या गरेको आरोपमा देवरसहित चार पक्राउ

भाउजूको हत्या गरेको आरोपमा देवरसहित चार पक्राउ
अ अ+ अ-

जलेश्वर । एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 
    
महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा हत्या भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको हत्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक््याइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको  महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । 

हत्यापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गाडेको थियो । घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।

प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।