३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्थ बाझिएका नियुक्ति बारे तत्काल निर्णय लिइयोस्ः ट्रान्सपरेन्सी इन्टरनेशनल



अ+ अ-

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई)ले मन्त्रिपरिषद्मा स्वार्थ बाझिएका कतिपय व्यक्तिहरू नियुक्त गरिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

टीआई अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे ध्यानाकर्षण भएको जनाएको हो ।

‘नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएकै व्यक्तिहरू नियुक्त भएको विषय आमतहमा समेत व्यापक तहमा उठिरहेको हुँदा तत्काल यसको निक्र्यौल हुनुपर्छ भन्ने मान्यता टीआई नेपालको छ । अन्यथा भ्रष्टाचार विरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जन अपेक्षा निराशातर्फ धकेलिने देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ‘प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे टीआई नेपाल गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’

लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरूप मन्त्रिपरिषद्का सदस्यहरूले आफू संलग्न रहेको संस्था, कम्पनी, शेयर कारोबार, आफूसँग भएका चल–अचल सम्पत्ति अविलम्ब सार्वजनिक गर्नुपर्ने टीआईले उल्लेख गरेको छ ।

यसैगरी, सुशासन खातिर पनि मन्त्रिपरिषद् र यसका सदस्यहरू आफैं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्छ र नीति, निर्णय एवम् कानूनी प्रक्रिया प्रभावित हुन सक्ने कुनै पनि कार्य–व्यवहारबाट पृथक रहनुपर्ने पनि टीआईले जनाएको छ ।