११ माघ २०८१, शुक्रबार
,
Latest
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु: शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन – प्रधानमन्त्री भारतमा रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री प्रधानमन्त्री ओली अस्वस्थ, बगनासकाली गाउँपपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन फिल्म निर्माता रामगोपाल वर्मालाई ३ महिनाको जेल सजाय दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन मलेसिया ४५ रनमा अलआउट, पूजाले एक्लैले लिइन् ४ विकेट मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प



अ+ अ-

जाजरकोट । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् ।

डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाली क्षेत्रमा भारी हिमपात हुँदास्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताउनुभयो । निम्न वर्गका स्थानीयवासीलाई मात्र हिमाली जिल्लामा रहेका कारण चिसोको प्रभाव त्यहाँ परेको छ । जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन् ।

चिसोका कारण विद्यालयसमेत बन्द छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुसमा बिदा हुने गर्दछ । यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएका हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत बिच्छेद भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँका फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको छ ।

सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कसमेत विच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लाबाट मुगुसम्म सञ्चालन हुने यातायात सेवासमेत प्रभावित भएको छ । रासस