४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन

नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन
फाईल फोटो
अ+ अ-

बागमती । आज माघ १० गते । आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १० लाई विजयोत्सव मनाउँदै आइएको छ ।

गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि एउटा स्वतन्त्र राज्यको रुपमा मकवानपुर कब्जा गरेका थिए । इतिहासकारका अनुसार नेपाल एकीकरणको सुरुआतको रुपमा मानिने मकवानपुर कब्जाको घटना १८१९ भदौ ९ गतेको हो । बहिनीज्वाइँ पृथ्वीनारायणले आफ्नो राज्य खोसेपछि मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले बङ्गालसँग सैन्य सहयोग मागेका थिए ।

मकवानपुरबाट भागेका राजा दिग्वन्धन सेनले वाग्मती नदीको किनारी भागमा पर्ने खँुडाघाट पुगेर मकवानपुरबाट गोरखाली सैनिकलाई लखेट्ने योजना बनाए । उनले मीर कासिमसँग सहयोग मागी देवान कनकसिंह बानियाँलाई पत्र पठाए । मकवानपुरलाई सहयोग गर्दा आफूलाई प्रसस्त फाइदा हुने देखेका नवावले सहयोग गर्ने बताए ।

मकवानपुरलाई सहयोग गर्दा मकवानपुरमा राजनीतिक प्रभाव पर्ने मात्रै नभई उपत्यका र भोटसम्मै व्यापार बढाउन सकिने र राज्य विस्तार गरी पहाडतिरबाट अङ्ग्रेजसँग धावाबेल्न सहज हुने ठानेका उनलाई लडाइँमा लाग्नेको सम्पूर्ण खर्चसमेत मकवानपुरले ब्यहोर्ने कुराले थप उत्साहित बनाएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

त्यसपछि १८१९ पुसमा गुरगिन खाँको नेतृत्वमा करिब तीन हजार सैनिक र भरिया मकवानपुर गढीमा गोरखालीसँग लडाइँ गर्नका लागि आएका थिए । इतिहासविद् प्रा दिनेशराज पन्तका अनुसार गुरगिन खाँ बङ्गाली मुस्लिम नभई युरोपेली मुलुक अर्मेनियाँका ग्रे गुरी थिए ।

इतिहासकारका अनुसार अङ्ग्रेजकै बलमा ससुराको राज्य पाएका मीर कासिमलाई अङ्ग्रेजले नै राज्यच्यूत गराउने प्रयास गरेपछि कासिमले युरोपबाटै आधुनिक हतियार र तालिम प्राप्त सैनिक ल्याएर आफ्ना सेनालाई तालिम दिई सशक्त पारिरहेका थिए । खाँ अङ्ग्रेजविरुद्ध तयार पारिएका ती सेनाको परीक्षण गर्न पनि चाहन्थे । त्यसैले खाँले आफ्ना सेना पठाएका थिए भनेर कतिपय इतिहासकारले उल्लेख गरेका छन् । तिनीहरूका बीचमा डढुवागढी भन्ने स्थानमा घमासान लडाइँ भयो ।

बङ्गाली सेनालाई पराजित गर्दै गोर्खालीले सयौँ हातहतियार र तोप कब्जा गरेको दिन हो माघ १० । त्यस उत्सवमा पृथ्वीनारायण शाह स्वयं उपस्थित भएको इतिहासकारको भनाइ छ । इतिहासकारका अनुसार विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहिलो युद्ध भएको दिन हो माघ १० ।

नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकको रुपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको इतिहासकार बताउँछन् । त्यस लडाइँमा बङ्गाली सेनाबाट जफत गरिएका हातहतियारको कारण नै गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यवस्थित हुने अवसर प्राप्त भएको थियो । माघ १० नेपालको इतिहासमा गर्विलो दिन भएको इतिहासकारको भनाइ छ ।

नेपाली सेनाले विदेशी सेनासँग लडेर सबैभन्दा धेरैको सङ्ख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनको रुपमा हरेक वर्ष माघ १० गते मकवानपुरको मकवानपुर गढीमा विजयोत्सव मनाउने गरिन्छ ।

मकवानपुरसँगको लडाइँ जितेर काठमाडौँ उपत्यका छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । पुसमा मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालिम गर्न पायो । माघ ९ गते मध्यराति सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग-यो ।

इतिहासकारका अनुसार चार सय दक्ष र केही झारा सैनिक रहेको गोर्खालीले तीन हजार फौजको युरोपेली कमाण्डरसहितको बङ्गाली सेनामा हाहाकार मच्चाए । विसं १८१९ माघ ९ गते सुरु भएर १० गते बिहान सकिएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार सात सय सेना मारिए । नेपालका दुई कमाण्डरसहित २०÷२५ जना सेना मारिएको वंशावलीलाई उल्लेख गर्दै इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

आजभन्दा दुई सय ६० वर्षअघिको आजकै दिनको जितपछि गोर्खाली सेनाले कासिमका फौजबाट पाँच सयभन्दा धेरै राइफल र दुई ९कतै चार तोप हात पारेको उल्लेख छ० तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो ।

इतिहासकारका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा चार सय सैनिक थिए । पछि पृथ्वीनारायणले थप आठ सय सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नु अगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन पृथ्वीनारायण शाह स्वयं यहाँ आएको जानकार बताउँछन् ।

नेपाल एकीकरणको सुनौलो अवसरको रुपमा सैनिक इतिहासमा लेखिएको त्यो लडाइँ देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुर गढी नजिकै शिखरकटेरीमा भएको बताइन्छ । लडाइँमा हारेर भागेका बङ्गालीलाई हर्नामाडीसम्मै खेदेका गोर्खाली सेनाको घेराबाट गुरगिर खाँ भाग्न सफल भएकाथिए ।

मकवानपुर गढीको इतिहास

विशाल मकवानपुरगढी मुसलमानी आक्रमणबाट बाँच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै पुरातत्व विभागका अभिलेख विशेषज्ञ साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौँ शताब्दीमा मकवानपुर शक्तिसाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ ।

कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकालाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावलीअनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

मकवानपुरको अध्ययन गर्न २०२७ सालमा अभिलेख विशेषज्ञ साफल्य अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ । प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि यस गढीमा दलभञ्जन सेन, गजपति सेन, चन्द्र सेन, रुद्र सेन राजा भएको उल्लेख गरेको छ ।

जुन माथि उल्लेख गरिएको पाल्पाली वंशलतामा मेल त खान्छ तर केही नाममा फरक र तिथि मितिमा एक रुपता नहुँदा अधिकांश इतिहासकारको मत बाझिएकाले ठोस र आधिकारिक धारणा निर्माण हुन सकेको छैन ।

अधिकांश इतिहासकारको मतैक्यता भने मुकुन्द सेनले राजकाज त्यागी सन्यास धारण गर्ने क्रममा विशाल सेन राज्यलाई आफ्ना चार भाइ छोराहरु र दुई भाइ नातिहरुलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । विसं १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुर गढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भए ।

लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्वन्धन सेन गरी सात पुस्ताले २०९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । विसं १८१९ भदौ ९ गते गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजसँग पराजित भएपछि मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन भागेर सिन्धुली गढी हुँदै बङ्गाल पुगेर त्यहाँका बादशाह मीर कासिमसँग गुहार मागेका हुनङ । लडाइँ हारेर बङ्गालीहरु भागेपछि दिग्वन्धन सेन पृथ्वीनारायण शाहको कब्जामा परे । गोर्खामा नजरबन्ध रहेको अवस्थामा उनको निधन भएको इतिहासकार बताउँछन् ।

विसं १७९० मा गद्धी सम्हालेका २६ वर्षसम्म मकवानपुरको राजा भएका हेमकर्ण सेनका छोरा तथा पृथ्वीनारायणका जेठान थिए दिग्वन्धन सेन । राजा हेमकर्णकी छोरी इन्द्रकुमारी सेनसँग गोरखाका युवराज छँदा पृथ्वीनारायण शाहको विवाह भएको थियो । विसं १८१६ मा हेमकर्ण सेनको मृत्युपछि मकवानपुरको गद्धीमा बसेका दिग्वन्धन सेन राजा भएको दुई वर्ष नपुग्दै पृथ्वीनारायणको आक्रमणमा राज्यच्यूत भएर गोर्खामा नजरबन्दमा अन्तिम श्वास फेर्न विवश भए ।

प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेखेका एक लेखका अनुसार १७९४ सालमा पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्वन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्वन्धनसँग झगडा प¥यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासूअर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पु¥याउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए ।

उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानी हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो । नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन ।

त्यसमा पनि पृथ्वीनारायण र दिग्वन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ मा शुरप्रताप शाहको नेतृत्वमा एक हजार एक सय गोर्खाली सेना मकवानपुर पठाइयो । शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरुद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण ग¥यो ।

मकवानपुरगढीको इतिहासका जानकार केदार न्यौपानेका अनुसार मकवानपुरका राजा दिग्वन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए । कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो । मकवानपुरे सेनाले बहादुरीसाथ लडे र पाँच सय जनाको ज्यान गुमाउँदै मकवानपुरले लडाइँ हा¥यो । लडाइँ हारिने डरले राजा दिग्वन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए । रासस