११ माघ २०८१, शुक्रबार
,
Latest
बाँकेमा पाटेबाघ मृत भेटियो सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु: शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन – प्रधानमन्त्री भारतमा रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री प्रधानमन्त्री ओली अस्वस्थ, बगनासकाली गाउँपपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन फिल्म निर्माता रामगोपाल वर्मालाई ३ महिनाको जेल सजाय दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन मलेसिया ४५ रनमा अलआउट, पूजाले एक्लैले लिइन् ४ विकेट मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति



अ+ अ-

बाजुरा । भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् ।

घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

भूकम्पबाट २५ घरमा क्षति
बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पू¥याएको छ । भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।

प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ । भूकम्पबाट बडिमालिका–२ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ । भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले बताउनुभयो । रासस