११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

संसदमा ठूला दलका नेताहरु राजाजस्तै आउने र जाने गर्छन्ः सीके राउत(भिडियोसहित)

संसदमा ठूला दलका नेताहरु राजाजस्तै आउने र जाने गर्छन्ः सीके राउत(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उहाँले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । अध्यक्ष राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अध्यक्ष राउतले भन्नु भयो, ‘संसदमा सांसदहरुलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गनु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसै संसद संचालन नियमावलीमा मन्त्रीहरुको उपस्थिति हुनुपर्ने देखिन्छ । तर सानासाना पार्टीहरुलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरुलाई लाई लाग्ने हो ? ठूला पार्टीहरुलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाँही यो संसदको गरिमा त्यतिसाह्रो रहन्छ जस्तो चाँही हामीलाई लागेको छैन ।

यहाँलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला । २०७५ सालको भदौंमा हाम्रो पार्टीका संगठनका एक जना कार्यकर्तालाई कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भने आरोपमा प्रहरीले गिरफ्तार गरेर अनि हिरासतमा उहाँको मृत्यु हुँदाखेरी यो प्रकरणलाई यो संसदमा उठाउँदाखेरी तत्कालीन गृहमन्त्रीज्यूले उहाँको नाम यहाँ उच्चारण गर्न पाईदैन भनेर त्यतिखेर भनिएको थियो । त्यो अलोकतान्त्रिक अभ्यास चाँही यस पटक हुनेछैन भन्ने कुरा यहाँ ध्यानाकर्षण गराउन चाहन्छु ।’

अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गर्नु भयो ।