२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा मन्त्री घट्दा करोडौं बचत हुन्छ, प्रदेशको मन्त्रालय घटाउँछौं– प्रधानमन्त्री प्रचण्ड



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको कारणले संघीयताविरोधीहरुलाई आवाज उठाउने ठाउँ भएको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारमा १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताउनुभयो । उहाँले मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अगाडि बढाउँने प्रतिबद्धता जनाउनुभयो ।

‘प्रदेशमा मन्त्री र खर्च बढाउँदै लैजाने जस्तो क्रियाकलाप विगतमा देखियो । त्यसले प्रदेशको कारणले खर्चमात्रै बढ्यो भन्नेहरुलाई मलजल गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘एउटा मन्त्री घटाउँदा करोडौं बचत हुन्छ । यो सरकारका साझेदारहरुमा सर्वसम्मत बनाएर नै मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अगाडि बढाएर जनताले देख्ने र बुझ्नेगरी गति दिन लागेका छौं।’

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको दाबि गर्नुभयो ।