• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भूकम्प अपडेटः बाजुरा केन्द्रबिन्दु, ५.९ म्याग्नेच्युड



काठमाडौँ । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा समेत महशुस गरिएको छ । भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको बताइएको छ ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।