२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेटमा राशिद खानको ५०० विकेट पुरा



अ+ अ-

काठमाडौँ । अफगानिस्तानका स्पिनर राशिद खानले ५०० विकेट पुरा गरेका छन् । राशिद खानले आफ्नो करिअरमा अहिलेसम्म कुल ३६८ खेल खेल्दै ५०० विकेट लिएका हुन् ।

दक्षिण अफ्रिका टी–२० मा एमआइ कप टाउनबाट खेल्दै प्रेटोरिया क्यापिटल्सबाट ३ विकेट लिएसँगै राशिदले आफ्नो करिअरको ५०० विकेट पुरा गरेका हुन् ।

राशिदले अफगानिस्तानबाट ७४ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै १२२ विकेट लिएका छन् भने बाँकी ३७८ विकेट फ़्रेन्चाइजी क्रिकेटमा लिएका हुन् ।

राशिदले २०१५ देखि अहिलेसम्म ३७१ खेलका ३६८ इनिंगमा ५०० विकेट लिएका छन् । राशिद टी–२० क्रिकेटका सबै खेलहरुमा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

राशिदभन्दा अगाडी वेस्टइन्डिजका ड्वायन ब्राभो रहेका छन् । ब्राभोले अहिलेसम्म ५५६ खेल खेल्दै ६१४ विकेट लिएका छन् ।