५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे सत्ता गठबन्धनको ‘निर्णायक’ भनिएको छलफल सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं I एमसीसीबारे सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको  निर्णायक भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बिहिबार पनि दलहरु बीच छलफल भएपनि कुनै सहमति नभएपछि फेरी आजपनि दलहरु छलफलमा जुटेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा आज भोली नै एमसीसी  संसदमा टेबल हुनु पर्नै अडानमा हुनुहुन्छ ।

तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ भने एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल  नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका  अध्यक्ष उपेन्द्र यादव बीच  छलफल गरेर बालुवाटार पुगेका हुन् ।