११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर
अ अ+ अ-

महेन्द्रनगर । विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे । भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुपर्यो ।

महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल)वा महाकाली नदीबाट किस्ती ९ढुङ्गा०मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए । दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन् । विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएपापत पारिश्रमिक रु २० लिएर काम गरेको विगत सुनाए ।

“वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे”, उनले भने “त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो ।” उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिकरूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए ।

“वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन”, उनले भने, “त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।” तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुललगायतका संरचना निर्माणले समस्याबाट टाढा छ ।

“ओदाली (भीमदत्त नगरपालिकातर्फ)बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थेँ”, सिंहले भने, “किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो ।” उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुईवटा किस्ती चल्थे । किस्ती चलाउन आफूसहित चार जनाको टोली हुने गरेको उनले बताए । “प्रतिव्यक्ति महाकाली तारेको रु पाँच भाडा थियो”, उनले भने, “सहयोगीसहित चार जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ ।”

उनले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए । “यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो”, उनले भने, “झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो ।” हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक स्मृद्धिको ढोकामा छन् ।

यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ । किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा रु चार/पाँच हजारमा वार्षिक ठेक्का हुँदै सुरु भए पनि पछि गरेर रु एक÷डेढ लाखसम्म रकम वार्षिकरूपमा सङ्कलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ । “वर्षात्मा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि”, उनले भने, “दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो ।”

दैनिक एकपटकमात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ । “किस्तीमा पानी भरिँदा सफा गर्नेमात्रै दुई जना हुन्थे”, उनले भने, “महाकाली तार्न यहाँ दुईवटा घाट बढी सञ्चालनमा थिए ।”

महाकाली नदीमा विसं २०५८ मा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो । पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरुपमै परिर्वतन आएको छ । यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हुँदैछ ।

“त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्”, उनले भने, “मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो ।” रासस