२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप बेचबिखन गर्नेलाई कारबाही गरिने



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कारबाही गर्ने बताएको छ । 

सरकारले लक्षित वर्ग सबैलाई निःशुल्क रूपमा खोप लगाइरहेको बताउँदै मन्त्रालयले अवैध रूपमा खोप बेच्ने र किनेर लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न समेत सबैमा मन्त्रालयले आग्रह गरेको छ ।