२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई ठाउँ छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता माधव नेपालसमूहका कारण एमाले सरकार ढल्न पुगेको भन्दै कमजोरी स्वीकार गरेर आएपनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताउनुभएको छ । 

बालुवाटार छाडेर निजी निवास बालकोटमा कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताउनुभएको हो । 

यद्यपि, उहाँले नेपालसँग लागेर विपक्षीलाई प्रधानमन्त्ती बनाउन सघाउनेलाई भने गल्ती स्वीकार गरेर आए  जिम्मेवारी दिइने बताउनुभयो ।