२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही सिफारिस



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एयर ट्राफिक कन्ट्रोल (एटीसी)को इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एटिसीको निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो । यसबारे थप प्रक्रिया वायु सेवा निगमले अगाडि बढाउने प्रवक्ता निरौलाले जानकारी दिए ।