२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु

चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुनु- अर्थमन्त्री जर्नादन शर्मा (भिडियो सहित)

चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुनु- अर्थमन्त्री जर्नादन शर्मा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो । 

मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताउनुभयो । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढीरहेको व्यापार घाटा चुनौतिको रुपमा देखिदैँ गएको बताउनुभएको छ । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा संचितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिदैँ गएकोमा चिन्तित हुनुपर्ने बताउनुभयो । देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताउनुभयो । आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महंगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताउनुभयो ।

नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक व्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताउनुभयो । व्यापार घाटा कम गर्नुपर्ने बिचार राखेका गर्भनर अधिकारीपछि बोल्नु हुँदै सचिव ढुंगानाले कोरोनाको कारण थलिएको अर्थतन्त्र खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन श्रोतको दक्षतापूर्ण प्रयोग र संकलन भएको राजश्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई बिफ्रिङ गर्दै सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरुका लागि राहत र पर्नस्थापना साथै समग्र अर्थतन्त्रको पुनउत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताउनुभयो । यसका साथै अहिले सरकारले नीजि क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।