२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुनु- अर्थमन्त्री जर्नादन शर्मा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो । 

मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताउनुभयो । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढीरहेको व्यापार घाटा चुनौतिको रुपमा देखिदैँ गएको बताउनुभएको छ । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा संचितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिदैँ गएकोमा चिन्तित हुनुपर्ने बताउनुभयो । देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताउनुभयो । आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महंगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताउनुभयो ।

नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक व्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताउनुभयो । व्यापार घाटा कम गर्नुपर्ने बिचार राखेका गर्भनर अधिकारीपछि बोल्नु हुँदै सचिव ढुंगानाले कोरोनाको कारण थलिएको अर्थतन्त्र खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन श्रोतको दक्षतापूर्ण प्रयोग र संकलन भएको राजश्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई बिफ्रिङ गर्दै सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरुका लागि राहत र पर्नस्थापना साथै समग्र अर्थतन्त्रको पुनउत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताउनुभयो । यसका साथै अहिले सरकारले नीजि क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।