२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा छतबाट खसेर महिलाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका – १६ नयाँबजारमा डेरा गरी बस्ने महिलाको छतबाट लडेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रे हुमलो गाउँपालिका-४ घर भएकी ५१ वर्षीया चमेली तामाङ रहेकी छन् । 

उनी सोमबार दिउँसो तेस्रो तलाको छतमा लुगा उठाउने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई  उपचारका लागि बालाजुस्थित जनमैत्री हस्पिटलमा लगिएको थियो । सो अस्पतालमै उपचारको क्रममा उनको निधन भएको हो ।