२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले सरकारी निवास छाडेसँगै देउवाको लागि बाटो खुल्यो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो नीजि निवास भक्तपुरस्थित बालकोट जानुभएको छ । बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो । 

सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । देउवा प्रधानमन्त्रीको सपथ ग्रहण गरी आफ्नै नीजि निवास बुढानिलकण्ठमा जानुभएको थियो । ओलीले सरकारी निवास छाडेसँगै देउवाको लागि सरकारी निवास बालुवाटारमा आउन बाटो खुलेको छ ।

बालुवाटार छाड्दैगर्दा ओलीको समर्थकहरुको भीड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पु¥याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए ।

युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोट सम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए ।

बालकोटामा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उहाँलाई पुष्पगुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित नीजि निवास पुग्नुभएको उहाँको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो ।

ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बरण्डाबाट अभिवादन गरेका थिए । सरकारको ४३ औँ प्रधानमन्त्रीको रुपमा कुशलतापूर्वक कार्यकाल सफल पारेको भन्दै युवाहरुको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेलले अभिन्दन पनि गरेका थिए ।

ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकताहरुले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताहरु प्रति अभद्र नारावाजी समेत गरेका थिए । ओलीको गृहप्रस्थानले सडक भने अस्तव्यस्त भएको थियो । सर्वसाधारणले जामको सास्ती भोग्नुपरेको थियो ।