८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि र प्रदेशसभाबीच अनुभवहरु आदानप्रदान हुनुपर्छः सभामुख

संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि र प्रदेशसभाबीच अनुभवहरु आदानप्रदान हुनुपर्छः सभामुख
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अपm्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताउनु भयो । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघमा रहेको सभामुखका रोलहरु, अहिले देखिएका केही समस्याहरु वा यसका अनुभवहरुलाई समेत लिएर तलमाथिका सम्बन्ध, जस्तो अहिले यहाँहरुले भन्नुभयो ऐनहरु बनाउँदाखेरी कतिपय माथिका कारणले तल ऐन नबनेका वा कतिपय तलै ऐनहरु नबनेर माथिलाई पनि केही अपm्ठ्याराहरु भएकाजस्ता कुराहरुलाई कसरी मिलाउनुपर्छ आदिजस्ता कुराहरु सिकेर जाउँ र भावि दिनमा प्रभावकारी भुमिका हुन सकोस् जसले गर्दा संसदको गरिमा माथि जान सकोस् । देशमा बनाउनुपर्ने ऐन, कानूनहरु ठिक समयमा र ठिक ढंगबाट बन्नसकुन् । जसले जनताका अवरोध कुनैपनि कुराहरुले कानूनको अभावमा, विधिको अभावमा हुन नपाओस् ।’

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताउनु भयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उहाँको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गर्नुभयो । उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताउनु भयो ।

संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताउनु भयो । उहाँले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहश र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘धेरै चुनौतिहरु छन् ।’

‘यो जिम्मेवारीमा रहँदाखेरी तटस्थताको सन्दर्भमा पनि अलिअलि प्रश्नहरु आएकै छन् । यो संस्थाको गरिमा, महत्वलाई स्थापित गर्नमा सम्माननीयज्यू त लामो अनुभवी, परिपक्व लिडरशिप भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । सम्मानीय ज्युको नेतृत्वमा विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ । त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘प्रदेशमा अझै पनि बन्न बाँकी कानूनहरु छ । बन्न बाँकी कानूनहरु संघले कानून नबनाएका कारण पनि भएको छ । त्यसकारण संघले पनि प्रदेशका लागि कानून बनाउनको निम्ति घच्घचाउनुपर्ने र तल बनाउनुपर्ने । ति कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ ।’

उहाँले आगामी दिनमा छलफलहरु गर्दा आफूहरुलाई पनि समावेश गराउन र अनुभवहरुको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।