काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।
देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् ।
देउवालाई भेट गरेर उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको भारतीय राजदूतावासले जनाएको छ ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिने उनी पहिलो विदेशी राजदूत हुन् । देउवालाई अमेरिका र युरोपेली युनियनले पनि बधाई ज्ञापन गरिसकेको छ ।