११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन
फाईल फोटो
अ अ+ अ-

गलकोट । बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर रु दुई लाख आम्दानी गर्नुभयो । उहाँले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो ।

अहिले जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले आफ्नै आचार्य जैविक कृषि फर्ममा समेत पहिलो पटक स्ट्रबेरीको खेती थाल्नुभएको छ । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्ट्रबेरीको व्यावसायिक खेती थाल्नुभएको छ ।

छन्त्यालले बागलुङमा स्ट्रबेरी खेती गरेको खबर पाएपछि उहाँकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्ट्रबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताउनुभयो । उहाँले गत वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती थालिएको जनाउँदै यो बागलुङका लागि नयाँ फल रहेको बताउनुभयो । उहाँले आफूले परीक्षणका लागि लगाएका तीन सय स्ट्रबेरीका बिरुवाले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

“पाँच वर्षदेखि कृषि कर्ममा तल्लीन छु, नयाँ–नयाँ फलफूल तथा तरकारीको परीक्षण उत्पादनसमेत गर्दै आएको छु, यहाँ स्ट्रबेरीको राम्रो सम्भावना देखेँ, स्ट्रबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायिक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेती यस वर्षदेखि थालेको हुँ”, आचार्यले भन्नुभयो, “स्ट्रबेरी अन्य फलफूलभन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै बृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।”

उहाँले नयाँ फल रहेको र बिरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको समस्या नदेखिएकाले यसको व्यावसायिक उत्पादन आवश्यक रहेको बताउनुभयो । अहिले बागलुङ बजारको कौसी खेतीमा समेत स्ट्रबेरी लगाइएको पाइन्छ तर त्यो व्यावसायिक नभएर घरायसी प्रायोजनका लागि मात्रै भएको आचार्यले जानकारी दिनुभयो । उहाँले चारवटा प्लास्टिक टनेलमा तरकारी खेती, सुन्तला खेती, स्ट्रबेरी खेती, गड्यौला खेती र १० रोपनी जग्गामा अलैँची खेती गर्दै वार्षिक सात लाख आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा लाग्नुभएका आचार्यले स्ट्रबेरी खेतीलाई प्रवद्र्धन गर्न थाल्नुभएको छ ।

छन्त्यालले गाउँमा कृषि क्रान्ति नै ल्याउनुभएको छ । गाउँमा पहिलोपटक उहाँले प्लास्टिक टनेल हालेपछि अहिले गाउँभरि प्लास्टिक टनेल छन् । पाँच वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरी फर्केर कृषिमा लाग्नुभएका छन्त्यालले भन्नुभयो, “अहिले स्ट्रबेरीको क्रेज बढेको छ, पहिला स्ट्रबेरीको नामै थाहा नभएकाले स्ट्रबेरी खान थाले, बागलुङमा पहिलोपटक स्ट्रबेरीको व्यावसायिक उत्पादन गत वर्ष मैले नै थालेको हँु, अहिले केदार आचार्यले पनि थाल्नुभएको रहेछ ।”

छन्त्यालले टमाटर फलाउने जग्गामा स्ट्रबेरी फलाउन सके धेरै गुणा महङ्गोमा बिक्री गर्न सकिने अनुभव सुनाउनुभयो । “गत वर्ष स्ट्रबेरी लगाएको प्लास्टिक टनेलमा हिमपातका कारण केही क्षति भएपछि अहिले टनेल मर्मतमा लागेको छु, त्यसपछि पुनः स्ट्रबेरी लगाउने उदेश्य छ”, उहाँले भन्नुभयो । छन्त्यालले जल्लामै पहिलोपटक स्ट्रबेरीको व्यावसायिक खेती थालेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।

लामो समय वैदेशिक रोजगारीमा जानुभएका छन्त्यालले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि काठमाडौँ र पोखरामा व्यावसायिक खेती सुरु गर्नुभएको थियो । पछि आफ्नै गाउँ कटेरीमा छ रोपनी जग्गामा व्यावसायिक तरकारी र स्ट्रबेरी खेती थालेको छन्त्यालको भनाइ छ । स्ट्रबेरीको बजार मूल्य अहिले प्रतिकिलो रु पाँच सय रहेको छ । लामो समयदेखि घरको कौसीमा स्ट्रबेरी खेती गर्दै आउनुभएका बागलुङ नगरपालिका–३ का घरधनी बमबहादुर खड्काले बताउनुभयो । उहाँले छतमै फलाएको काउली र बन्दा बिक्री गरे पनि उत्पादन भएको स्ट्रबेरी परिवार र आफन्तले उपभोग गरेको बताउनुभयो । रासस