२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार



फाईल फोटो
अ+ अ-

बनियानी । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारबारको काम सकिएको छ । दुवै वन क्षेत्रमा आगामी चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारबारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हूलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उहाँको भनाइ छ ।

“हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो”, उहाँले भन्नुभयो, “त्यहाँ ६÷७ वर्ष राम्रो काम ग¥यो, हूलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।” अन्यको तुलनामा यो विद्युतीय तारबारभन्दा केही महँगो रहेको छ ।

हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारबार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । टुक्रा–टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने प्रमुख गौतम बताउनुहुन्छ । “वनसँगै बीचबीचमा रहेको बस्ती चुनौतीका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “त्यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।”

झापा, मोरङ र सुनसरीमा बर्सेनि पाँच÷छवटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन् । त्यसमा पनि झापामा हात्तीको मृत्यु सङ्ख्या धेरै छ । पछिल्लो समय झापामा तीन हात्तीको मृत्यु भएको छ । हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन् । त्यसका कारण जनधनको क्षति हुने गरेको छ ।

वन क्षेत्रमा हात्तीले मन पराउने बाँस, जङ्गली केरा, सिसौ, सिमललगायत वनस्पति लगाए हात्ती नियन्त्रणमा टेवा मिल्ने प्रमुख गौतमले बताउनुभयो । सामुदायिक वनसँगको सहकार्यमा जलथल र मागुरमाडी वनमा हात्तीले मन पराउने वनस्पति लगाउन थालिएको प्रमुख गौतमले बताउनुभयो ।




भर्खरै