२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा चुनावका सबै कार्यक्रम रद्द



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले २०७८ को प्रतिनिधि सभा सदस्य  चुनाव कार्यक्रमलाई रद्द गरेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । 

तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ । 

चुनावका लागि आयोगबाट केही कार्यक्रम अघि बढिसकेको र सरकारले त्यसका लागि बजेट पनि छुट्याएको थियो ।