२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने



अ+ अ-

गण्डकी । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।

सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक अध्यक्ष स्व पौडेलको स्मृतिमा रू १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

पत्रकार महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उहाँले बताउनुभयो ।

हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ ।

यसैबीच पत्रकार महासङ्घ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलि सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो ।

स्व पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । उहाँले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरिसक्नुभएको थियो । हाल उहाँ पोखरा हटलाइन दैनिकको प्रकाशक÷सम्पादक हुनुहुन्थ्यो । रासस