२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा लफडाः एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित (भिडियोसहित)



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित भएको छ ।

आज बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची तय थियो । 

तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिए ।

अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका हुन् ।