२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवासमा



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।

नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

नेपाल समूहकै २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको हो । 

आज प्रधानमन्त्री देउवालाई नेता नेपालले नै आफ्नो निवासमा निम्तो दिनुभएको स्रोतले बताएको छ ।