२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना



अ+ अ-

एजेन्सी । चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण पाइएको छ । चीनमा कोरोनाले विक्रालको रुप लिइसकेको र यहाँको जनसंख्याको धेरै हिस्सा संक्रमित भइसकेको समाचारमा जनाइएको छ ।

यसैबीच एक प्रमुख वैज्ञानिकले ठूलो खुलासा गरेका छन् । चाइना सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेशनका मुख्य महामारी वैज्ञानिक वू जून्यौका अनुसार चीनमा अगामी दुईदेखि तीन महिनासम्म दोस्रो चरणका कोरोना संक्रमण बढ्ने सम्भावना धैरै कम रहेको छ । किनकी ८० प्रतिशत जनसंख्या संक्रमित भइसकेको छ ।

उनका अनुसार २१ जनवरीदेखि चीनमा सुरु भएको ल्यूनर नयाँ वर्षको बिदाको अवसरमा धेरै संख्यामा यात्रुहरुले यात्रा गरेका थिए । जसले केही क्षेत्रमा संक्रमण बढ्न सक्छ । तर दोस्रो चरणको कोरोना लहरको भने सम्भावना नरहेको उनी बताउँछन् ।

१२ जनवरीसम्म यहाँ करिब ६० हजारभन्दा बढी व्यक्तिहरुको मृत्यु भइसकेको चीनीयाँ सञ्चारमाध्यमले जनाएका छन् ।