• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

अतिक्रमण गरेर बनाइएका संरचनामाथि मेयर हर्क साम्पाङले चलाए डोजर



धरान । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउनका लागि डोजर चलाउन सुरू गरेको छ ।

वडा नं. ५ देउरालीमा आईतबार बिहान खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काइएको हो ।

धरान ५ को खार खोला र अधेरी खोलाको सङ्गम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रङ्गशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन भन्दै आग्रह गर्दै पत्राचार समेत गर्दा पनि अटेर गरी घर निर्माण सम्पन्न भएको थियो ।

मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरी एक तले पक्की घर निर्माण गरेको भन्दै नगरपालिकाले आज बिहान ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर भत्काएको हो ।

घर भत्काउने क्रममा दोहोरो झडप समेत भएको थियो । दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् भने केही सामान्य घाइते भएका छन् ।

पछिल्लो समय धरानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य तीव्र गतिमा बढिरहेको अवस्थामा धरान उपमहानगरपालिका पनि एक्सनमा उत्रिएको हो ।