२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ वर्षको उमेरमा चौंथो विवाह



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री बज एल्ड्रिनले शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । उनकी श्रीमती डा। एनका फर ६३ वर्षकी भइन् ।

एल्ड्रिन आफैले ट्विटरमा यो जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘घरबाट भागेर विवाह गर्ने किशोरकिशोरीजस्तै हामी दुवै उत्साहित छौं ।’

नील आर्मस्ट्रङ र बज एल्ड्रिन सन् १९६९ मा अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा गएका थिए । चन्द्रमामा अवतरण गर्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ थिए । उनको १९ मिनेटपछि बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए ।

बज एल्ड्रिनले विवाहपछि पत्नी एनकासँगको तस्बिर ट्विटरमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘मेरो ९३औँ जन्मदिनको अवसरमा यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि मैले मेरी प्यारी डा। एनका फरसँग विवाह गरेको छु । हामीले लस एन्जलसमा एउटा सानो समारोहमा विवाह गर्यौं ।’

बज एल्ड्रिन तीन जना अपोलो ११ चालक दलका एक मात्र जीवित सदस्य हुन् । मिसनमा उनीसँगै आएका अन्य दुई सदस्यको निधन भएको छ । बज एल्ड्रिनले सन् १९७१ मा नासाबाट अवकाश लिएका थिए । उनले सन् १९९८ मा सेयर स्पेस फाउन्डेसन स्थापना गरेका थिए । यसको उद्देश्य अन्तरिक्ष अन्वेषणलाई बढावा दिनु रहेको छ ।