८ भाद्र २०८३, सोमबार
,
Latest
चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख विपक्षी दलमा नेपाली कांग्रेस र नेमकिपाको दाबी, निर्णय गर्ने अधिकार सभामुखमा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक सेवा सुविधा मागदाबीसहित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निवेदन दिएको छ । प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसअघि नै निवेदन दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने भन्दै सांसद सुविधा व्यवस्थापन शाखामा निवेदन दिएको हो । निवेदनमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने माग गरिएको छ ।

दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइसकेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको नेमकिपाले बताउँदै आएको छ । नेमकिपाले विश्वासको विपक्षमा मत दिएको थियो । उसले प्रमुख प्रतिपक्षी दलको मान्यता आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकका साथै विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने व्यवस्था छ ।