२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय अन्तराष्ट्रियमा नेपालको वरीयता यथावत



फाईल फोटो
अ+ अ-

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो ।

नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ ।

यस्तै, तेस्रो स्थानमा भारत रहेको छ भने चौंथोमा अष्ट्रेलिया रहेको छ । पाँचौ स्थानमा पाकिस्तान रहँदा छैठौंमा दक्षिण अफ्रिका रहेको छ ।

यसैगरी वरीयतामा बंगलादेश सातौं,श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्ट इन्डिज दशौँ स्थानमा रहेका छन् ।